जाजरकोट । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रवाह बन्द गरिएको छ । कार्यालयमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख नरेन्द्र कठायतले जानकारी दिए ।
केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीमा कोरोेना सङ्क्रमण हुनसक्ने भएकाले माघ १२ गतेदेखि अर्को सूचना नआउञ्जेलसम्म सेवा प्रवाह बन्द गरिएको उनको भनाइ थियो । यस्तै एनआइसी एशिया बैंकका तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि त्यहाँको सेवा प्रवाहमा समस्या भएको एक कर्मचारीले जानकारी दिए ।
उनले अरु कर्मचारीमा समेत ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखिएको तर परीक्षण भने नभएको बताए । भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित अन्य कर्मचारीलाई पनि कोरोना भएको बताइएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्