नारायणहिटी दरबार संग्रहालयका जिर्ण भएका संरचनाहरुलाई मर्मत गर्न मन्त्री आलेको निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जिर्ण भएका संरचनाहरुलाई मर्मत सम्भार गर्न निर्देशनदिएका छन् ।

बिहीवार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिरसमा जिर्ण अवस्थामा रहेका संरचनाहरुको मर्मत सम्भार गर्न निर्दशन दिएका हुन् । संग्रहालय अवलोकनपछि मन्त्री आलेले संग्रहालय भित्रका विभिन्न ठाउँमा बत्तिहरु जिर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गरी सुचारु गर्न निर्देशन दिएको बताए । त्यसैगरी गेटको बाहिर छाना छुहिने अवस्था रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उनले बताए । त्यस्तै, संग्रहालयमा रहेका पुराना गाडीहरुलाई मर्मतका साथसाथै रङरोग गरेर राख्न पनि निर्देशन दिइएको उनले बताए । उनले नारायणहिटी दरबार संग्रहालयमा अधुरा रहेका कामहरुलाई सम्पन्न गर्नका लागि छुट्टै डिपिआर बनाउन पनि निर्दशन दिएका छन् ।

उनले विगतमा संग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनि १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचनाहरु भत्काइसकिएको बताउनुभयो । संग्रहालय परिसरलाई व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उनले बताए । बतास समुहलाई नारायणहिटी दरबार संग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार पनि भइसकेको उनले बताए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्