बुटवलमा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन् । दुर्घटनामा बुटवल–१३ का भगीरथ चौधरी र वडा नम्बर १२ का अनिष जिसी गम्भीर घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको लुम्बिनी ट्राफिक प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए ।
बुटवल–१२ तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि रोकेर राखेको लु२ख ९७७२ नम्बरको ट्रकमा लु३च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । कारमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्