काठमाडौं । मंगलबार शेयर बजार मापक नेप्से परिसूचक १६.३० घटेको छ । सोमबारको तुलनामा आज नेप्से परिसूचक १६.३० अंकले २ हजार ८३५.५८ विन्दुमा पुगेको छ । मंगलबार कारोबारमा आएका २३० कम्पनीको १ करोड २० लाख ५३ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबारको तुलनाका नेप्से परिसूचक गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । सोमबार ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
आजको नेप्सेमा गिरावट आए पनि नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढेको छ । बुद्धभुमी नेपाल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी र विन नेपाल लघुवित्त शेयर मूल्य बढेको छ । यता लिबर्टी इनर्जीको शेयरमूल्य भने सवैभन्दा बढी ६.२७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ३५ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर पहिलो स्थानमा छ । अपि पावरको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्