काठमाडौं । कोभिड १९ महामारीको कारण उत्पन्न रगत अभावलाई पूर्ति गर्न खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ तारकेश्वर नगरकमिटीको आयोजनामा सप्ताह–व्यापी रक्तदान कार्यक्रम हुन लागेको राष्ट्रिय युवा संघ तारकेश्वर नगरकमिटीका संयोजक सुमन महर्जनले बताए ।
कार्यक्रम तारकेश्वर नगरपालिका वडा नं. ११ शेषमतीमा एक हप्तासम्म सञ्चालन गरिने छ । सप्ताह व्यापी रक्तदान महाअभियान यही माघ २९ गतेबाट आरम्भ हुने छ । रक्त अभावबाट कसैले अमुल्य जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको युवा संघ तारकेश्वर नगरकमिटीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्