आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ ।
उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार पनि मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्