Skip to content

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको समितिको एक घण्टा ढिलो १२ बजेपछि सुरु भएको हो । बैठकले संसद बैठकका कार्यसूची तय गर्नेछ ।

सचिवालयले हिजो एमसीसीसहितको सम्भावित कार्यसूची तय गरेको थियो । संसद सचिवालयका अनुसार बैठक बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्