काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले एमसीसीविरुद्ध भइरहेको प्रदर्शन अनुगमन गर्नको लागि टोली खटाएको छ । मानव अधिकार आयोग अन्तर्राष्ट्रिय सन्धि महाशाखाका सदस्यहरु नयाँबानेश्वर क्षेत्रमा अनुगमनमा खटिएका हुन् ।
संसद बैठकमा एमसीसी पेश भएको दिन फागुन ५ गते नयाँबानेश्वर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएर स्थिति तनावग्रस्त भएको थियो । आज संसद बैठकमा एमसीसीबारे छलफल गर्ने तयारी छ । आज पनि नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडकमा एमसीसीविरुद्ध आन्दोलन गर्दै आएकाहरु भेला भएर प्रदर्शन गरिरहेका छन् । सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सडक खालि गराएर प्रहरीले ब्यारिकेड राखेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्