शुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिका–९ को ग्रामीण क्षेत्रका सडकमा सिसी क्यामेरा जडान गरिएको छ । ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि उक्त क्यामेरा जडान गरिएको हो ।
“पर्यटकीय क्षेत्र धारापानी जाने सडक र असिग्राम मावितर्फ जाने सडक र वडा कार्यालय परिसरमा क्यामेरा जडान गरेका छौँ,” वडाध्यक्ष रमेशबहादुर ऐरले भने , “आपराधिक क्रियाकलाप नियन्त्रणसँगै सडक दुर्घटना न्यूनीकरणमा सघाउ पुयाउनका लागि क्यामेरा जडान गरिएको छ ।” वडा कार्यालयले रु एक लाख ५० हजार खर्च गरी सडक, चोकचोक र संवेदनशील क्षेत्रमा आठभन्दा बढी क्यामेरा जडान गरेको हो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्