चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ । जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार खाग, खुर सुरक्षित अवस्थामा रहेका छन् । अन्दाजी १८÷२० वर्षको गैँडा मृतावस्थामा फेला परेको हो । यसअघि फागुन ९ गते निकुञ्जको खोरीया मुहान क्षेत्रमा बाघले खाएको अवस्थामा पाँच÷छ महिनाको बच्चा फेला परेको थियो । यीसँगै चालु आवमा प्राकृतिक कारणबाट २७ र चोरी सिकारीबाट दुई वटा गैँडा मरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्