काठमाडौं । महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाँड पशुपतिनाथ मन्दिर गई पूजा आराधना एवं दर्शन गरेका छन् । पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाँड बिहान पशुपतिनाथ जानुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पूजा आराधनापछि उनले पशुपति क्षेत्रको सुरक्षा अवस्थाका बारेमा पनि जानकारी लिएका थिए । महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरमा भक्तजन आएका थिए । तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । आज रातिसम्म दर्शन गर्न चाहने भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिने कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा साढे १२ बजेसम्म करिब साढे तीन लाख भक्तजनले दर्शन गरिसकेका छन् । आज करिब १० लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गर्ने गरी व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्