‘एमसीसी संसदबाट पारित भईसकेकाले यसलाई कार्यान्वयन गरेर लैजानुपर्छ’ : अध्यक्ष ओली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदबाट पारित भईसकेकाले यसलाई कार्यान्वयन गरेर लैजानुको विकल्प नरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देशको हित हुनेगरी सो सम्झौंता पारित नगरे आफ्नो पार्टीलाई सैह्य नहुने चेतावनी समेत दिए । सो सम्झौंताबारे मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले देशको विकासको पक्षमा, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनताको पक्षमा अलिकति पनि कुनै पनि प्रावधानले तलमाथि नपर्ने गरी त्यसलाई कार्यान्वयन गरेर अघि बढाउन सरकारलाई सचेत गराए ।

यदि कुनै हिसावले देशको सार्वभौमसत्तामा, स्वाधिनतामा, स्वतन्त्रतामा वा हाम्रो राष्ट्रिय हितमा, राष्ट्रिय स्वाभिमानमा कहीँ पनि तलमाथि पार्न खोजियो भने नेकपा एमालेलाई त्यो मान्न हुन नसक्ने अध्यक्ष ओलीको भनाई थियो । अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले संवैधानिक रुपमानै मृत भईसकेको एमसीसी सम्झौंतालाई संसदबाट पारित गर्न दिएर अर्को गम्भिर गल्ती गरेको आरोप लगाए । ३ वर्ष अगाडि, ६ वटा जति अधिवेशन अगाडि अधिवेशनमा पेश गरिएको भनिएको प्रस्तावलाई अहिले पेश नै नगरी गैरकानुनी ढंगले मृत्य प्रस्ताव, अस्तित्वमा नरहेको प्रस्ताव अस्तित्वमा छ भनेर तथाकथित छलफल गर्ने र निर्णय गर्ने असंवैधानिक र गैरकानुनी काम फेरी पनि सभामुख सापकोटाले सरकारलाई गर्न लगाएको अध्यक्ष ओलीको दावी थियो । उनले सरकारले पनि सो सम्बन्धमा संसदमा नयाँ प्रस्ताव नल्याएर गल्ती गरेको बताए ।

संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाको एमसीसीसँग कुनै सम्बन्ध नरहेको अध्यक्ष ओलीले स्पष्ट पारे । उनले सत्तारुढ दलहरुले आफ्नो लाज छोप्न, नेपाली जनतालाई अल्मल्याउन व्याख्यात्मक घोषणा संसदबाट पारित गरेर ठगी धन्दा चलाएको तर्क समेत गरे । अध्यक्ष ओलीले आफ्नो पार्टीले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा पर्खेर बसेको बताउनु भयो । उहाँले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने पनि बताउनुभयो । तर, सभामुख सापकोटाकोे ससम्मान बर्हिगमन आफ्नो पार्टीले चाहेको अध्यक्ष ओलीको भनाई थियो । अध्यक्ष ओलीले संशोधनका कुरा गर्नेहरुले पनि यथास्थितिमा एमसीसी पास गरेको भन्दै आपत्ति जनाउनु भयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्