काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधकाबीच प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बुधबार प्रतिनिधिसभाको बैठक सुरुभएलगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेका थिए । नारावाजीकै क्रममा सभामुख अग्नी सापकोटाले प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई राष्ट्रिय सूचना अयोगको वार्षिक प्रतिवेदन पेश गर्न समय दिएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक फाल्गुन २२ गते आइतबार बोलाइएको छ । गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप लगाउदै एमालेले लगातार सदनमा बिरोध गर्दै आएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्