काठमाडौं । नयाँ बानेश्वर संघीय संसद भवन अगाडि बम राखेको आरोपमा प्रहरीले २१ वर्षका युवकलाई पक्राउ गरेको छ । काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका सुवास महतलाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको गेटमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुलाई डिस्पोज गरेको थियो । शंकास्पद बस्तु राखेर सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्