बिर्तामोडमा ग्यास चुहिएर आगलागी

Ad
  • कालोपाटी सम्बाददाता

झापा । झापाको बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडमा आज दिउँसो आगलागी भएको छ ।

बिर्तामोड–४ का रमानन्द साहको एकतले पक्की टिनले छाएको घरमा ग्यास चुहावट भई आगलागी भएको इलाका प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । आगलागीबाट घरमा भएको सबै सामग्री जलेर नष्ट भएको छ । उक्त घरमा दूध व्यवसाय गरेर डेर गरी बस्दै आएका थिए । आगलागी भएको क्षतिको विवरण भने आउन बाँकी छ । आगलागी नियन्त्रणमा बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका बारुणयन्त्र परिचालन गरिएको थियो भने आगलागी सुरु भएको एक घण्टाभित्र पूर्णरुपमा नियन्त्रणमा आएको प्रमुख आचार्यले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्