काठमाडौं । पछिल्लो समय अत्याधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ ।
बुधबार सिंहदरवारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
छलफलपछि समितिका सभापती विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्बसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताए । उनले नेपाल आयल निगमका जाहेज मागलाई सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए । सभापति श्रीवास्तवले सरकारले उपभोक्तालाई सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध नगराएकोमा पनि आपत्ति जनाए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्