पर्यटकले अब नेपाल आउँदा ‘क्यूआर कोड’बाट वित्तीय कारोबार गर्न पाउने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भिसा नेटवर्कमा जोडिएका पर्यटकले अब नेपाल आउँदा ‘क्यूआर कोड’ बाट वित्तीय कारोबार गर्न पाउने भएका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी फोनपेले ‘नयाँ क्यूआर स्ट्यान्ड’ सेवा घोषणा गरेको हो । फोनपे र भिसाको कारोबारलाई सहज बनाउनको लागि नबिल बैंकले सहकार्य गरेको छ ।

फोन पेले भिसासँग सहकार्यमा भिसा नेटवर्कका पर्यटकले पनि नेपालमा ’क्यूआर’ बाट भुक्तानी गर्न सक्ने गरी क्यूआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँचमा पु¥याएको छ । फोनपेका सहायक प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भिसासँगको सहकार्यसँगै मोबाइल बैंकिङमा भिसा नेटवर्क इनेबल भएका विदेशी पर्यटकहरुले फोनपेको क्यूआर कोड मार्फत भुक्तानी सजिलै गर्न सक्ने बताए । उनले विदेशीबाट नेपालमा घुम्नको लागि आउने भिसा कार्ड होल्डर पर्यटकहरुले अब फोनपेले बनाएको क्यूआरबाटै भुक्तानी गर्न सक्ने भएको बताए । सापकोटाले भिसा डिजिटल मार्केटमा ख्याती प्राप्त सुक्षित ब्राण्ड भएकाले सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

क्यूआर कोडमा हुने कन्टेन्टमा भिसा नेटवर्कलाई इनेबल गरेपछि मात्रै चल्ने भएकाले अहिले भएका क्यूआर स्ट्यान्ड फेर्नुपर्ने अवस्था रहेको फोनपेले जनाएको छ । पछिल्लो समय नेपालका अधिकांश ठूला मोबाइल वालेट खल्ति, प्रभुपे, आइएमइ पे, इसेवालगायतलाई आफ्नो नेटवर्कमा भित्र्याउँदै आएको छ । आगामी दिनमा नेपाली बैंकहरुको आफ्नो मोबाइल बैंकिङ एपमा भिसा इनेबल गरेमा त्यसलाई पनि फोनपे नेटवर्कले सपोर्ट फोनपेले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्