काठमाडौं । थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ९१४ जनाको कोरोना परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९९६ रहेको छ । पछिल्लो समय ३९२ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६२ हजार १७३ पुगेको छ । निको हुने दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन ।
मन्त्रालयका अनुसार २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन र बाँके छन् । मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्लामा कोही पनि कोरोनाबाट सङ्क्रमित छैनन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्