स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरुलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकतालाई मध्यनजर गर्न तिमिल्सिनाको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरुलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पुरा हुने, नहुने बिचार गर्न आग्रह गरेका छन् । आइतवार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा-नगर सभा सञ्चालन तथा कानून निर्माण प्रक्रिया सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रमलाई सम्बोधन गदैं अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताएका हुन् ।

पदमा दोहोरिने भन्दापनि आगामी दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्वपूर्ण भएको उनले बताए । दोहोरिन चाहना प्रतिनिधिले किन र के का लागि दोहोरिन चाहेको हो स्पष्ट हुनुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले आफ्नो पालिका र समाजलाई यस्तो बनाउँछु भन्ने अठोट नगरिकन दोहोरिनुको अर्थ नभएको बताए । अध्यक्ष तिमिल्सिनाले सरकारले आम नागरिकको जनजिवनमा परिवर्तन ल्याउन सक्नुपर्ने बताए । आम नागरिकमा राजनीतिप्रति सकारात्मक धारणा बनाउन उनीहरुको जिवनस्तर उकास्नका लागि नेताहरुले ध्यान दिनुपर्ने उनले बताए । उनले जनताले पनि निर्वाचनको बेला बेठिक मानिसलाई नचुनी विवेक पुयाएर जनप्रतिनिधि छान्नुपर्नेमा जोड दिए ।

उनले राजनीतिक पार्टीहरुले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामको मुल्यांकन गरेर सो को आधारमा टिकट दिनुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले स्थानीय तहले केन्द्रले दिने बजेटको मात्रै आश नगरी स्थानीय स्रोत परिचालनमा पनि ध्यान दिनुपर्ने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्