धनगढी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘उइन उइन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताए ।
अध्यक्ष नेपालले भने , “यो सहमतिले जनता पनि उत्साहित भएका छन् ।” उनले चुनावमा जाने कुराका सन्दर्भमा हाम्रो पार्टी सबैसँग तयार भएर सबै ठाउँका कमिटीलाई निर्देशन पनि दिइसकेको बताए । “हामीले नाराहरु तयार गरेको छौँ, कामका योजना अगाडि सारेका छौँ र कामको जिम्मेवारी प्रदान गरेका छौँ”, अध्यक्ष नेपालले भने “विभिन्न दलबाट मिलेर जानुपर्दछ भनी प्रस्ताव पनि आइरहेको छ ।”
उनले पछिल्लो समय आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको जिकिर गरे । उनले भने , “समयको प्रवाह हाम्रो पक्षमा छ र यो देखेर सबै प्रतिगामी दिशामा लागेकाको प्रवृत्ति छताछुल्ल भएको छ ।” –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्