काठमाडौं । प्रहरी बैंकिङ मुद्दाका फरार अभियुक्त बौद्धबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको सन्दरकपुर गाउँपालिका ४ भोटेगाउँ घर भई हाल तार्केश्वर नगरपालिका ५ लोलाङ बस्ने ४२ वर्षीय डाकमान गुरूङ रहेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले आइतबार बौद्धबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७८ फागुन २९ गते उनलाई तीन दिन कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
गुरूङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो । बौद्धमा लुकिछपी बसिरहेको अवस्थामा गुरूङलाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्