बुटवल । बुटवलमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटल लिमिटेडले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ ।
चैत्र १८, बाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इ बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो । यसै क्रममा चैत्र २३ गते सो फेष्टको दोस्रो कार्यक्रम बुटवलमा सम्पन्न भएको हो । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्