Skip to content

गभर्नर महाप्रसाद अधिकारी निलम्बित

कालोपाटी

४ वर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको थियो ।

अधिकारीलाइ विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको आरोप लागेको छ।

उनीमाथि लागेको आरोपबारे छानविन गर्न नेपाल राष्ट्र बैंक ऐनकाअनुसार पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको  बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्