काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्शन दक्षिण एशिया क्षेत्रिय कार्यालय काठमाडौंको रिजल्टवेश फाइनान्सिङ परियोजना अन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुल्हो बितरण गरेको छ । बैंकले प्राक्टिकल एक्शनसंग मिलेर उक्त परियोजनाको लागि कोष ब्यवस्थापकको रुपमा काम गरेको थियो ।
परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो बितरण गरेर ग्रामिण भेगका जनताहरुको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एक्शन परियोजनासंग बैंकले सहकार्य गरेर नुवाकोट, धादिङ्ग, गोर्खा, रसुवा, चितवन, मकवानपूर, पर्वत, म्याग्दि, बाग्लुङ्ग, अर्घाखांची, गुल्मि र स्याङ्गजाका बिभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु बितरण गरेको हो ।
बैंकको भ्यालु वेश बैंकिङको अवधारणाहरु मध्येको “नाफा भन्दा अघि मानिसहरुको बारेमा सोंच्ने” सिद्धान्त अनुसार बैंकको लघुबित्त बिभागले प्राक्टिकल एक्शनसंग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक सम्पन्न गरेको हो भने यस परियोजनाको साथसाथै अन्य बिभिन्न परियोजनाहरुसंग सहकार्य गरेर सेवा प्रदान गर्दै आईरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्