रुकुम । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ ।
दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले प्राविधिकसहितको टोली आज पठाउने काम सुरु गरेको जनाएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्रही मर्कामा परेका छन् ।
जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालमा रहँदा पनि राम्रोसँग काम नगर्ने, आवाज नबुझिने र बीच–बीचमै कट्ने समस्या रहेको नलगाड नगर प्रमुख टेकबहादुर रावलले बताए। –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्