भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । दुर्घटनामा बालिकाका बुबाआमा घाइते भएका छन् ।
काभ्रेपलाञ्चोकको साँगाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ६७६२ नंको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ की चार महिनाकी लोसाङ तामाङको मृत्यु भएको हो । दुर्घटनामा बालिकाका बुबा २२ वर्षीय बुद्ध तामाङ र आमा २१ वर्षीया सुस्मिता तामाङ घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । घाइते बालिकाको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते तामाङ दम्पती उपचारपछि घर फर्केका छन् । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्