काठमाडौँ । एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट आज ‘सङ्घर्षशील योद्धाहरु’ पुस्तकको लोकार्पण गरिएको छ ।
मोतिदेवी स्मृति केन्द्रको आयोजनामा भएको कार्यक्रममा कम्युनिष्ट आन्दोलनका अगुवा शान्ता मानवीलगायत अगुवा र प्रेरणादायी महिलाहरुलाई सम्मानित पनि गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मोतिदेवीको स्मृतिमा स्थापित सो केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना र लैङ्गिक समानताको आन्दोलनमा महिलाहरुको सङ्घर्षपूर्ण बलिदान र योगदान रहेको चर्चा गरे।
एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मोतिदेवीजस्ता अग्रजका योगदानलाई लिपिबद्ध गरेर नयाँ पुस्तालाई ज्ञान र सूचना दिन उक्त पुस्तक महत्वपूर्ण सामग्री हुने बर्ताए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्