काठमाडौं । पत्रकार गौतमबुद्ध बज्राचार्य क्यान्सरबाट पीडित भएपछि हाल त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका छन् । गत पुसको अन्तिम सातामा क्यान्सर भएको पुष्टि भएपछि सो अस्पतालमा उपचार थालेका हुन् ।
बज्राचार्य खोकी, दम र फोक्सोमा समस्या देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भई उपचार गरेका थिए । गत भदौदेखि खोकीको उपचार सुरु गरेकामा पुसको अन्तिम सातामा मात्र त्रिवि शिक्षण अस्पतालले दायाँ फोक्सोमा क्यान्सर भएको पुष्टि गरेको थियो । गत माघ २ देखि किमोको औषधि सुरु गरिएकामा हालसम्म चारपटक किमो दिइसकेको परिवारले जनाएको छ ।
केही वर्षअघि राष्ट्रिय समाचार समितिबाट सेवा निवृत्त भएका उनको आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताइएको छ । क्यान्सर जस्तो जटिल एवं आर्थिक व्ययभार बढी हुने रोगबाट पीडितलाई राज्यले निःशुल्क उपचारको प्रबन्ध हुनुपर्ने बज्राचार्य बताउँछन् । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्