काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेका थिए ।
एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने छ । बैठकले पार्टीमा १२ विभाग थप गर्ने, सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सम्पर्क समवय कमिटीमा ५१ जना थप गर्ने भएको गुरुङले बताए । बैठकले पार्टी पङ्क्तिलाई निर्वाचनमा केन्द्रित हुन पनि निर्देशन दिएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्