काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आजीवन सदस्यता अद्यावधिक समितिको संयोजकमा प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल चयन भएका छन् । अनेसासको मङ्गलबार बसेको बैठकले प्रा. डा. लुइँटेलको संयोजकत्वमा तीन सदस्यीय आजीवन सदस्यता अद्यावधिक समिति गठन गरेको हो । समितिको सदस्यमा साहित्यकारद्वय राम खत्री र राम लामा ‘अविनाशी’ रहेका छन् ।
नेपाली भाषा, साहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउनका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना गरिएको हो । बत्तीस वर्ष पुरानो संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा हाल विश्वभर ६० भन्दा बढी शाखा छन् भने दुई हजार २०० सदस्य रहेको अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । तथ्याङ्क सङ्कलनका लागि अनेसासले प्रा. डा. लुइँटेलको संयोजकत्वमा आजीवन सदस्यता अद्यावधिक समिति गठन गरेको हो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्