बाँके । बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७-७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरी अस्पतालका डा राजन पाण्डेलाई उक्त पुरस्कार प्रदान गरे । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको छ । अस्पताललाई कर्मचारी मिलन केन्द्र बाँकेको कार्यक्रममा पुरष्कृत तथा सम्मान गरिएको थियो । सो अवसरमा कर्मचारी मिलन केन्द्रले प्रकाशन गरेको नयाँ क्यालेण्डरको समेत विमोचन गरिएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्