काठमाडौं । काठमाडौंको पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भइ कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलालीका १८ वर्षीय जगदीश शाहीको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल गएराती पौने १० बजे सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्