महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा स्थान्तान्तरण, व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

सुर्खेत  । महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा हाल रहेको स्थान नेपालगन्ज उपमहानगरपालिका वडा नं।१२ सुर्खेत रोडबाट वडा नं। ०२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ । मंगलबार आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक, नेपालगन्ज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ, महालक्ष्मी विकास बैंकका सञ्चालक दिपक रौनियारले गरे ।

शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारे प्रकाश पारे । यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरेट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकको रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्