काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बिहिबारबाट चौथो जुत्ता, चप्पल व्यापार प्रवद्र्धन मेला एक्स्पो शुरु हुन लागेको छ । मेला वैशाख १५ देखि जेठ ८ गतेसम्म सञ्चालन हुनेभएको हो । मेलाले देशी उत्पादनलाई स्थापित गर्न र विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।
आयोजका अनुसार मेलामा बेस ग्लोवल प्रालि, बेस फुटवेयर इण्डस्ट्रिज, शिखर शुज इण्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, रोयल फुटवेयर इण्डस्ट्रिज, शुभकामाना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र शुज इण्डस्ट्रिज, रन शुज इण्डस्ट्रिज कम्पनीको सहभागिता रहेको छ ।
त्यस्तै स्मार्ट सुज, वान ओल्र्ड फुटवेयर। सुरभी पोलीमर्स, सम्राट शुज। नमस्ते फुटवेयर, ओएशिस फुटवेयर, किरण शुज म्यानुफ्याक्चर्स, बोस सुज, फुटस्टेप सुज र नियासा सुजको उपस्थितिगरी १९ कम्पनीको सहभागिता मेलामा रहेको छ । २ लाख ५० हजार भन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकहरुले भ्रमण गर्ने अनुमान फुटवेयरले गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्