अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का गरे काँग्रेसमा प्रवेश

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का मंगलबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए । यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् ।

यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै बनेका थिए । स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारेपनि पछि अस्वीकार गरेका थिए । यस्तै खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् ।

उनीहरुलाई अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्