धनुषा । धनुषाको कमला नगरपालिका उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार भएको छ । नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको हो ।
उनको अवस्था चिन्ताजनक रहेको धनुषा प्रहरीले जनाएको छ । वडाध्यक्षका उम्मेदवार यादवले खुकुरी र चक्कुसहित अज्ञात समूह आफूलाई आक्रमण गर्न आएको तर बुवामाथि उनीहरूले आक्रमण गरेको दाबी गरे । घाइते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको धनुषा प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए । उनको शरीरमा २० भन्दा बढी ठाउँमा टाँका लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्