काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला उम्मेदवारहरूमाथि नकारात्मक प्रचार भइरहेको भन्दै त्यस्तो प्रचारप्रति असन्तुष्टि जनाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहाल श्रीमतीका रुपमा प्रचार गर्नु महिलाहरुको अपमान भएको बताएका हुन् ।
महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीका रुपमा प्रचार गर्ने प्रवृत्तिको आफू विरोधी भएको प्रचण्डले बताएका छन् । उनले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जहाँ जहाँ महिलाहरु कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताएका हुन्। उनले पुरुषहरूले देशमा धेरै राज गरेपनि सारै ठुलो लछारपाटो लगाउन नसकेको पनि बताएका छन् ।
सत्ता गठबन्धनले काठमाडौं महानगरपालिकामा कांग्रेसकी सिर्जना सिंह र भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाललाई उम्मेदवार बनाएको छ । सिंह, कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् भने दाहाल, प्रचण्डकी छोरी हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्