व्याँस । आसन्न निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचनमा प्रयोग हुने सामग्री, निर्वाचन अधिकृत तथा सुरक्षाकर्मी पठाइएको जानकारी र्दिए । तिङ्करको छायालेकमा रहेको प्रहरी चौकीका लागि आवश्यक सामग्री पनि हेलिकप्टरमार्फत लगिएको उनले बताए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्