Skip to content

अध्यक्ष ओली भन्छन् – ‘वैशाख ३० गतेको परिणाम आएपछि को सकिएछ, को खत्तम भएछ जनताले बताउँछन्’

कालोपाटी

४ वर्ष अगाडि

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाँधली हुनसक्ने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओली यस्तो बताएका हुन् । उनले बाकसमा एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन नहुने बताएका छन् । एमाले शान्तिको पक्षमा रहेको र शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा रहेको उल्लेख गर्दै नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क समेत गर्न नहुने बताए ।

उनले पाँच दलीय गठबन्धन भोटले जित्ने नभइ मतपत्र च्यात्ने, चपाउने र निल्ने रणनीतिमा रहेको जिकिर पनि गरे । केके गर्न सकिन्छ, नचाहिने जति त्यही त्यही गर्छन् । तर हामी शान्तिको पक्षमा भएको ओलीले बताए । उनले आफूले शास्त्रको कुरा गर्दा विपक्षीले उखान टुक्का भनेर नबुझेर टिप्पणी गर्ने गरेको पनि बताए । अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने जवाफ दिएका छन् । अध्यक्ष नेपालले पोखरामा आयोजित सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभामा एकीकृत समाजवादीका एमालेलाई कुहिएको फर्सीको संज्ञा दिए पछि ओलीले नेता नेपाललाई जवाफ दिँदै को खत्तम भएछ भन्ने निर्वाचनपछि थाहा हुने बताएका छन् ।

अध्यक्ष ओलीले भने एमालेको १५ वर्ष रस चुसेर, एमालेको काँधमा चढेर एमालेको बुइ चढेर २१ महिना प्रधनमन्त्री भएका एक जना मान्छे भन्दै थिए एमाले सिध्याउनैपर्छ । कांग्रेसलाई धम्क्याउँदै थिए, केपी ओली समाप्त भए रे’ उनले भने, ‘वैशाख ३० गतेको परिणाम आएपछि को सकिएछ, को खत्तम भएछ जनताले बताउँछ ।’

प्रतिक्रिया दिनुहोस्