काठमाडौं । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रको नयाँ सफ्टवेयर तयार पारेको छ । २४ वटा कार्यालयबाट दैनिक १५ हजारलाई सेवा दिने गरि सफ्टवेयर तयार पारिएको हो । नयाँ सफ्टवेयरमा सेवाग्राहीले फर्म भर्न सास्ती भोग्नु नपर्ने भएको छ । यो सफ्टवेयरमा कोटा तोकिएको छ । कोटा रहेसम्म सफ्टवेयरले स्वीकृत गर्छ भने सकिएपछि आफै अस्वीकृत गर्छ हुने विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।
घिमिरेका अनुसार पुराना सवारी चालक अनुमतिपत्र लिन पर्खेर बसेकाहरु उपत्यका बाहिरबाट दिइने लाइसेन्सको ट्रायल लगभग सकिएको अवस्था छ । उपत्यकाभित्रको हकमा मात्रै अलि धेरै रहेका छन् । ट्रायल फेल भएकाहरुको केही बाँकी हो । ट्रायल फेल हुनेहरुले दुई पटकसम्म दोर्याएर दिन पाउने व्यवस्था रहेको रहेको घिमिरेले जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्