गोरखा । गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोविन्दप्रसाद भट्टराइले ३४१ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।
मतगणनाको अन्तिम परिणाम घोषणा गर्न भने बाँकी छ । वडा नं १ मा कांग्रेस प्रमुख पदका उम्मेदवार राजनराज पन्तले ४८३ र उपप्रमुख मसलीमाया थोकरले ४९५ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादीका प्रमुख पदका उम्मेदवार कृष्णराना मगरले ३८६ मत प्राप्त गरेका छन् । मतपरिणामअनुसार विजयी कांग्रेस महिला सदस्यका उम्मेदवारले ४६७, दलित सदस्यमा ४८०, पुरुष खुला सदस्यमा ५२३ र महिला खुला सदस्यका उम्मेदवारले ५१४ मत ल्याएर विजयी भएका हुन् । वडा नं १ मा कूल एक हजार २१२ मत खसेको थियो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्