मोरङ । मोरङ जिल्लामा रहेको १७ पालिकामा शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनमध्ये ११ पालिकामा मतगणना सुरु भएको छ । मोरङको बेलबारी, उर्लाबारी, रङ्गेली, सुनवर्षी र लेटाङ नगरपालिकामा मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए ।
यसैगरी जहदा, धनपालथान, ग्रामथान, कटहरी, कानेपोखरी र मिक्लाजुङमा पनि मतगणना सुरु भएको छ । विराटनगर महानगरपालिकाको मतगणना भने केहीबेरपछि सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले बताए । विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकामा ८९ हजार ६७८ ९६७ दशमलव ३५ प्रतिशत मतदान भएको थियो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्