काठमाडौं । मनाङको सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले दुई(दुई गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट जिल्लाको नार्पा भूमि गाउँपालिका अध्यक्षमा कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर विजयी भएका छन् । नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै धनबहादुर गुरुङ ८२० मतले निर्वाचित भएका छन् ।
एमालेबाट चामे गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर घले ३३० मत ल्याएर विजयी भएका छन् । मनाङ ङिस्याङ गाउपालिकाको अध्यक्षमा एमालेकै कान्छा घले ८६१ मत ल्याएर विजयी भएका हुन् । चार गाउँपालिकाको उपाध्यक्षमा प्रमुख तीन पार्टीका एक(एक जना निर्वाचित भएका छन् । बाँकी एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको चामे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका मिङमार ढोमा लामा ३३५ मत ल्याएर विजयी भएका छन् । नासों गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९१३ मत ल्याएर विजयी भए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्