काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गीमा शुभकामना व्यक्त गरेका छन् । बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धका उपदेश र मागदर्शनको अवलम्बन गरी विश्व समुदायलाई शान्ति र अहिंसाको बाटोमा अगाडि बढाउन सकिने बताएका छन् ।
गौतबुद्धको ज्ञानको सान्दर्भिकता समकालीन विश्वमा अझ बढेर गएको बताउँदै उनले बुद्धका विचार विश्व शान्ति र मावन कल्याणका लागि आज पनि उत्तिकै महत्व रहेको बताएका छन् । बुद्धजयन्तीकै अवसर पारेर बुद्धको जन्ममूमिमा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुनुले आफू अत्यन्त खुसी भएको जनाउँदै उपराष्ट्रपतिले यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी उपराष्ट्रपति पुनले किराँत राई समुदायको उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रुहेका राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा पनि शुभकामना व्यक्त गरेका छन् । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्