पाल्पा । पाल्पाको रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार रमणबहादुर थापाले १० हजार ४ सय ५६ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत प्राप्त गरेका थिए । यस्तै उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् ।
१० हजार ३०७ मत ल्याएर बालकुमारी थापा उपमेयरमा निर्वाचित भइन् । मेयरमा निर्वाचित थापा २०७४ को स्थानीय तह निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका थिए । १० वटा वडा रहेको रामपुरमा ७ वटा वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने ३ वटा वडामा एमालेका उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय रामपुरले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्