काठमाडौंको तारकेश्वर नगरपालिकामा कांग्रेसको विजयी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसको विजयी भएको छ । मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । मेयरमा कृष्णहरि महर्जनले ११ हजार ९ सय ८८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहराले सात हजार ८ सय ८ मत ल्याएका थिए ।

कांग्रेसबाट उपमेयरमा विजयी भएका सिर्जना बुर्लाकोटीले १० हजार ७ हजार ८६ मत प्राप्त गरेकी छन्  । उनका प्रत्यासी एमालेकी पराजित भवानी डोटेलले ८ हजार ६ मत प्राप्त गरिन् ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्