चितवन । चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका विनोद रेग्मी निर्वाचित भएका छन् । रेग्मीले १० हजार ७१४ मत ल्याएर निर्वाचित भएका हुन् । उनले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतले पराजित गरेका हुन् । केसीले १० हजार ५७१ मत पाएका थिए ।
उपमेयरमा पनि एमालेकै विमला लामा निर्वाचित भएकी छन् । उनले गठबन्धनबाट उपमेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी सविता लामालाई ७६१ मतान्तरले पराजित गरेकी हुन् । विमलाले १० हजार ४४९ मत ल्याउँदा सविताले ९ हजार ६८८ मत ल्याइन् । रेग्मी र केसीका बीचमा निकै प्रतिस्पर्धा भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्