निर्वाचन आयोगको निर्णयविरुद्ध बाजुरामा कांग्रेस र एमालेले सुरु गर्यो विरोध प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

कैलाली । निर्वाचन आयोगको निर्णयप्रति बाजुराको बुढीगंगा नगरपालिकामा विरोध प्रदर्शन  सुरू भएको छ । स्थानीय तहको निर्वाचनमा मतदानको क्रममा धाँधलीको कुरा उठेपछि निर्वाचन आयोगले बिहीबार पुनस् मतदान गर्ने निर्णय गरेको थियो ।

जनमतविरुद्ध निर्वाचन आयोग निर्णय गरेको भन्दै एमालेले अनिश्चितकालका लागि सडक अवरुद्ध गरेको हो । अहिले बाजुरा प्रवेश गर्ने एक मात्र सडक साफे मार्तडी अवरुद्ध गरिएको छ । देशभर नभएको निर्णय आयोगले बुढीगंगा नगरपालिकामा गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । एमालेले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने भएको छ । निर्वाचन आयोगको निर्णयप्रति एमाले मात्र होइन नेपाली कांग्रेस पनि रुष्ट भएको छ ।

कांग्रेस बाजुराका सभापति रामसिंह रावलले विवाद नभएको वडामा पनि पुनस् मतदान गर्ने निर्णय गलत रहेको बताए । विवाद बढेर मतगणना हुन नसकेपछि विवादबारे अध्ययन गर्न निर्वाचन आयुक्त सगुन सम्शेर जबरासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाजुरा पुगेको थियो । उनीहरूको रायका आधारमा आयोगले निर्णय गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्