काठमाडौं । नेपाली कांग्रेसले यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । सो विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को सानोस्वारे भिरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित सम्पूर्ण यात्रुका निधन भएको थियो ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आज एक विज्ञप्तिमार्फत यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरू सबैमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि कांग्रेसले नेपाल सरकारसँग माग गरेको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्