काठमाडौं । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । गोरखा जिल्ला पालुङटार न.पा.वडा नं.२ घर भई हाल का.जि. नार्गाजुन न.पा.वडा नं.१ रानीवन बस्ने ५१ वर्षिय लक्ष्मी सापकोटा पक्राउ परेका हुन् । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी नेपाल बङ्गलादेश बैंक लिमिटेड मैतीदेवी शाखामा चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।
उच्च अदालत पाटनबाट उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ५ दिन कैद र बाह्र लाख जरिवाना सुनाएको थियो । उनलाई बानेश्वर,काठमाडौंबाट पक्राउ गरी सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्